८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

मेयर बन्न सांसदले दिए राजीनामा

मेयर पदको उम्मेदवार बन्नको लागि रौतहटबाट निर्वाचित एक प्रदेश सांसदले राजीनामा दिएका छन्। पहिलेदेखि नै मेयर पदको उम्मेदवार बन्ने चर्चामा रहेका रौतहट क्षेत्र नम्बर ४ ख का सांसद शेख अबुल कलाम आजादले राजीनामा दिएका हुन्।

रौतहटको गढीमाई नगरपालिकाका स्थायी बासिन्दा आजाद प्रदेश सभामा विकास समितिका सभापति पनि थिए।

गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रत्यक्ष निर्वाचित भई जनता समाजवादी पार्टीमा प्रवेश गरेका सांसद आजाद पहिलेदेखि नै गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने बताउँदै आएका थिए।

२०७४ को स्थानीय तहको निर्वाचनमा गढीमाई नगरपालिकाको लागि मेयर पदमा तत्कालीन अवस्थामा महन्थ ठाकुर अध्यक्ष रहेको पार्टीबाट चुनाव लडेका थिए। नेपाली कांग्रेसका श्यामप्रसाद यादवसित पराजित भएपछि आजाद प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रूपमा रहेका थिए।

स्वतन्त्र उम्मेदवारको रुपमा प्रदेश सभाको सदस्य पदमा विजय हासिल गरे पनि सांसद आजादले भने आफू गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्ने बताउँदै आएका थिए।

गढीमाई नगरपालिकामा फेरि पनि नेपाली कांग्रेसका श्यामप्रसाद यादव र जसपा नेपालबाट प्रत्याशी बन्न लागेका राजीनामा दिएका प्रदेश साँसद आजादबीच प्रतिस्पर्धा हुने बताइएको छ।

प्रकाशित: १० वैशाख २०७९ ०३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App