coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले देशको सबैभन्दा ठूलो पार्टी होः कमल थापा

एमाले महाधिवेशनः

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले देशकै सबैभन्दा ठूलो पार्टी भएको बताएका छन्। चितवनमा आयाेजित नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा अध्यक्ष थापाले सो कुरा बताएका हुन्।

उनले भने, 'नेकपा एमाले एक प्रमुख शक्ति हो यो देशकै सबैभन्दा ठूलो पार्टी पनि हो।'

यस्तै, उनले महाधिवेशनमा आएका प्रतिनिधिहरुले दिगो शान्तिको लक्ष्यबारे गम्भीर भएर सोच्न पनि आग्रह गरेका छन्। साथै, महाधिवेशनले के सन्देश दिन्छ भन्ने उत्सुक्ताका साथ अन्य व्यक्तिहरु जस्तै प्रतिक्षामा रहेको पनि जिकिर गरे।

'२०६३ सालको राजनीतिक परिवर्तन पश्चात दिगो शान्तिको लक्ष्य बोकेर आयौं, आज कहाँ पुग्यो कहाँ आएका छौं भन्नेबारे गम्भीर भएर प्रतिनिधिहरुले सोच्ने आग्रह गर्दछु,' उनले भने।

प्रकाशित: १० मंसिर २०७८ ०८:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App