१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रदेश २ सरकारमा नेकपा (एस) सहभागी

प्रदेश २ सरकारमा आइतबार नेकपा (एकीकृत समाजवादी) सहभागी भएको छ। सो पार्टीका संसदीय दलका नेता शत्रुधन महतो र प्रदेश सांसद प्रमोद यादवले प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको शपथ लिएका छन्।

महतोले उद्योग,वन,पर्यटन तथा वातावरण मन्त्री र यादवले कानुन, न्याय तथा प्रदेशसभा मन्त्री पदको शपथ लिएका हुन्।

महतोलाई उद्योग, वन,पर्यटन तथा वातावरण मन्त्रालय दिन मुख्यमन्त्री लालबाबु राउतले आफ्नै दल जसपाका मन्त्री रामनरेश रायलाई गत साता पदमुक्त गरेका थिए। महतो धनुषा निर्वाचन क्षेत्र ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् भने यादवले सिरहा निर्वाचन क्षेत्र ३ (ख) बाट प्रदेश सांसद जितेका हुन्। प्रदेशसभामा नेकपा(एस) का १३ सांसद छन्।

 केन्द्रीय गठबन्धन अनुसार प्रदेशमा जसपा नेतृत्वको सरकारमा कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) सहभागी भएका छन्। प्रदेश सरकारमा जसपाले मुख्यमन्त्रीसहित अर्थ, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी गरी चार मन्त्रालय, कांग्रेसले भौतिक पूर्वाधार, ऊर्जा तथा खानेपानी र महिला, बालबालिका, युवा तथा खेलकुद गरी तीन मन्त्रालय र माओवादी केन्द्रले आन्तरिक मामिला तथा सञ्चार गरी दुई मन्त्रालय पाएका छन्।

नेकपा (एस) को भागमा दुई मन्त्रालय परेको छ। प्रदेशसभामा लोसपा १६ सिटसहित प्रमुख प्रतिपक्षी दल बनेको छ भने आठ सिटसहित एमाले विपक्षी दल बनेको छ।

प्रकाशित: ६ मंसिर २०७८ ०३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App