coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मुख्यमन्त्रीसहित ६ जना मन्त्रीले लिए सपथ

नव नियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराउँदै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी। तस्बिर: नागरिक

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पद तथा गोपनियताको सपथ लिएका छन्। मंगलबार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहवीच नवनियुक्त मुख्यमन्त्री राईलाई पद तथा गोपनियताको सपथ गराएका हुन्।

यस्तै मुख्यमन्त्री राईको सिफारिसमा नियुक्त भएका ४ मन्त्री र १ राज्य मन्त्रीले पनि पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नव नियुक्त मन्त्रीहरूमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वो, भौतिक पूर्वाधार मन्त्री हिमाल कार्की, आन्तरिक मामिला मन्त्री केदार कार्की र सामाजिक विकास मन्त्री जयराम यादवलाई प्रदेश प्रमुख सोमथान अधिकारी प्यासीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। यस्तै सामाजिक विकास राज्य मन्त्री विष्णुमाया तुम्बाहाम्फेलाई मुख्य मन्त्री राजेन्द्र राईले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन्।

प्रदेश १ मा ५ दलीय गठबन्धनको संयुक्त सरकार निर्माण भएको छ। नवनियुक्त मन्त्रीहरूमा नेपाली कांग्रेसबाट हिमाल कार्की र केदार कार्की, माओवादी केन्द्रबाट इन्द्रबहादुर आङ्वो र जनता समाजवादीका जयराम यादव हुन्। यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फे हुन्। नव नियुक्त मन्त्रीहरूले पदभारसमेत ग्रहण गरेका छन्।

प्रकाशित: १६ कार्तिक २०७८ ११:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App