राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रमअन्तर्गत साहित्यकार कपिलकिशोर घिमिरेको ‘तरङ्ग’ मुक्तकसङ्ग्रहको समीक्षात्मक कार्यक्रम तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
उक्त कार्यक्रममा साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ ले ‘तरङ्ग’ मुक्तकसङ्ग्रहको समीक्षा गरेका थिए। समीक्षक ‘स्वर्णशिखा’ ले ‘तरङ्ग’ मुक्तकसङ्ग्रहका सम्पूर्ण मुक्तक उत्कृष्ट रहेकाे बताए।
राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल, वरिष्ठ साहित्यकार गणेश विषम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार उत्तमकृष्ण मजगैया, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य दिएका थिए।
मुक्तककार कपिल किशोर घिमिरेले मुक्तक लेख्दा तथा प्रकाशन गर्दाकाे अनुभव सुनाएका थिए।
उक्त कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, कोषाध्यक्ष डा. खेमराज मल्ल, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा समीर, झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका गोविन्द खड्का, साहित्यकारहरू: यज्ञबहादुर डाँगी, शशिधर भण्डारी, प्रमोद धिताल, यमुना घिमिरे, कुन्दन किशोर घिमिरे, घनश्याम अस्तित्व, एकनारायण चापागाईं, एकराज शर्मा अधिकारी, हरिप्रसाद पाण्डे, नगेन्द्रकुमार आचार्य, चन्द्रप्रकाश देवकोटा, गिरिराज पौडेल, देवेन्द्रकुमार रिजाल महेशकुमार न्यौपाने सुवाष न्यौपाने, दामोदर पौडेल, गिरिप्रसाद पन्थी, शरद गौतम, मधुसुधन गौतम, वीना रोका क्षेत्री नारदप्रसाद भण्डारी, धनसिंह गिरी, खेमराज गाउँले, यशोदा केसी साहित्यकारहरूको उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ गरिएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए। कार्यक्रममा संस्थाको तर्फबाट साहित्यकार घिमिरेलाई प्रशंसापत्रकाे साथ सम्मान अर्पिएको थियो।
प्रकाशित: ३ वैशाख २०८२ १२:३७ बुधबार





