मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’
मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो।
मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो।
किताबमाथि समीक्षा गर्दै आख्यानकार भुवनहरि सिग्देलले किताब पौराणिक पात्रलाई लेखिएको भए पनि यसमा धेरै नयाँ र रोचक कुराहरू समावेश भएकोले उपन्यास नपढ्नेलाई पछुतो हुने बताए।
ब्रिटेनका २२ वर्षीय साइक्लिस्ट जोस टार्लिङले भाइ फिनको निधन भएको आठ दिनपछि भुएल्टा ए स्पानाको पहिलो चरणमा तेस्रो स्थान हासिल गरेका छन्।
अन्ततः पसलका कर्मचारीले उनीहरूलाई दोस्रो तल्लामा रहेको अर्को बाटोबाट निस्कन भने। तर उनीहरू निस्कनुअघि नै भालु अचानक त्यहाँबाट भाग्यो। त्यसपछि कार्ड र कर्मचारी मिलेर ढोका बन्द गरे र बाहिर सुरक्षित छ भन्ने पक्का भएपछि मात्र निस्किए।
उनले एक जना अध्यक्ष हटाएर बाँकी पुरानै संरचना, कार्यशैली, अनुहार र शक्ति सम्बन्ध कायम राख्ने हो भने त्यसलाई पुनर्गठन भन्न मिल्ने वा नमिल्ने प्रश्न गरेकी छन्।
विन्दवासिनी गाउँपालिका-२ ढोङ्गही खोलामा भैँसी चराउन गएको अवस्थामा बहुदरमाई नगरपालिका-१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
सूचना जारी गर्दै प्रशासनले सबै निजी होस्टेल सञ्चालकलाई एक महिनाभित्र तोकिएको २१ बुँदे व्यवस्था मिलाउन निर्देशन दिएको हो।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले पालिका भित्रका सडक सञ्जाल विस्तार, स्तरोन्नति तथा नियमित मर्मतसम्भार गरी बाह्रैकाल सवारी सञ्चालनको व्यवस्था मिलाउने भएको छ।
लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण क्षमता कमजोर हुने गरेको पाइएको छ।
नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)बीच सहकार्य हुने भएको छ।
शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आएको भे १ ज १४८२ नम्बरको माइक्रोबसले ठक्कर दिएको थियो।
नेपालमा फोहोर व्यवस्थापन आजको सबैभन्दा जटिल शहरी तथा ग्रामीण चुनौतीमध्ये एक बनेको छ।
वार्ता विफल भएसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले ‘अमेरिकाको एउटा राज्य नभई पनि त्यसको सबै फाइदा लिन खोजेको’ आरोप लगाएका छन्।
अस्ट्रेलियामा यसै महिना भाइरसका कारण समुद्री चराहरूको सामूहिक मृत्यु भएको थियो। प्रवासी समुद्री चराहरूमा पहिलो पटक देखिएको यो भाइरस पछि स्थानीय प्रजातिहरूमा फैलिएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ठूला सिँचाइ आयोजनाले कृषि उत्पादन र रोजगारीका अवसर विस्तार गर्दै जनसङ्ख्या पलायनको समस्या न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन्।