१९ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

एमाले नेतृ उषाकिरण भन्छिन्: आलोचना र प्रश्न गर्नु नागरिक जिउँदो हुनुको प्रमाण हो

एमाले केन्द्रीय सदस्यबाट निलम्बित भएकी नेतृ उषाकिरण तिम्सेनाले आलोचना र प्रश्न गर्नु नागरिक जिउँदो हुनुको प्रमाण भएको बताएकी छिन्।

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले आलोचना र प्रश्न गर्नु नागरिक जिउँदो हुनुको प्रमाण भएको बताएका हुन्। उनले लेखेकी छिन्, आलोचना र प्रश्न गर्नु नागरिक जिउँदो हुनुको प्रमाण हो।

एमाले मुख्यालय निर्माणका लागि भनेर विवादित पात्रहरूबाट जग्गादान लिएको विषयमा उषाकिरण तिम्सेनाले विरोध गरेकी थिइन्। 

तिम्सेनाले पार्टी अनुशासन उलङ्घन गरेको भन्दै पोलिटब्युरोबाट ६ महिनाअघि अर्थात कात्तिक पहिलो साता स्पष्टीकरण सोधिएको थियो । पुसमा उनी निलम्बित भइन्।

तिम्सेनासँगै पार्टीकी स्थायी समिति सदस्य बिन्दा पाण्डे पनि निलम्बनमा परेकी थिइन्।  पार्टीले ६ महिने निलम्बनको निर्णय गरेपनि ४ महिना पुग्न लाग्दासमेत कुनै औपचारिक पत्र नदिएको उनीहरुले बताएका छन्। 

प्रकाशित: ३ वैशाख २०८२ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App