१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

सर्वपक्षीय राजनीतिक सम्मेलनको माग

पाल्पा- नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले नेपाली जनतालाई मान्य नहुने संविधान आफनो पार्टीलाई पनि मान्य नहुने बताएका छन्।
क्रान्तिकारी पत्रकार महासङ्घ पाल्पाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले संविधानसभाबाट संविधान बन्न नसक्ने बताउँदै संविधानसभा खारेज गर्नुपर्ने माग गरे।
जनतालाई मान्य नहुने संविधान जारी गरी सरकार अघि बढेमा माओवादी आन्दोलन कार्यक्रमहरू सार्वजनिक गरी अघि बढ्ने उनले बताए।

आन्दोलनमा बल प्रयोग पनि हुन सक्छ, सरकारका गतिविधिले हाम्रो आन्दोलनको स्वरुप तयार गर्छ अध्यक्ष वैद्यले भने। सर्वपक्षीय राजनीतिक सम्मेलनले नै देशको निकास निकाल्ने उनको विचार थियो।

जनताको विश्वास जितेर माओवादीले क्रान्ति गर्ने बताउँदै उहाँले नेपाली जनताको मुक्तिका लागि सङ्घर्ष गरिने उल्लेख गरे।

पार्टीका सचिव देव गुरुङले कटवाल प्रकरणमा एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले कटवाललाई कारबाही गर्न तयार हुँदा माओवादी समस्यामा परेको बताए।

प्रकाशित: ९ भाद्र २०७१ ०१:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App