१६ चैत्र २०८० शुक्रबार
राजनीति

‘निजामती प्रशासन झिंगे प्रवृत्तिबाट मुक्त हुनुपर्छ’

उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासनमा भित्र देखिएको झिंगा टास्ने प्रवृत्तिबाट मुक्त हुनुपर्ने बताएका छन्। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सचिवहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री पोखरेलले निजामती प्रशासनमा ‘झिंगे टँसाई सोच’ प्रमुख समस्याको रूपमा रहेको भन्दै यसको अन्त्य हुनुपर्ने बताएका हुन्।  

कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले निजामति प्रशासनले परिणाम भन्दा प्रक्रियालाई जोड दिने गरेकाले यसले चुस्त कार्यसम्पादनमा समस्या सिर्जना गरेको बताए। ‘माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु, निजामति प्रशासन झिंगे टँसाई प्रवृत्तीबाट माथि उठन सकेको छैन,’ उपप्रधानमन्त्री पोखरेलले भने ‘प्रशासनभित्र सकारात्मक सोचको अभाव देखिएको छ, समयसँगै प्रशासनको गति परिवर्तन हुननसकेकाले यसले परिणाम भन्दा पनि प्रक्रियालाई जोड दिएको छ।’

भ्रष्टाचार, ढिलासुस्ती, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने र समस्यासँग तर्सने प्रवृत्तीका कारण कर्मचारीतन्त्रको कार्यशैलीमाथि प्रश्न उठ्ने गरेको समेत उनले बताए। शासन प्रणालीलाई प्रभावकारी र जनमैत्री बनाउने मुख्य जिम्मेवारी कर्मचारीतन्त्रको काँधमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री पोखरेलले कर्मचारीतन्त्रभित्रको नकारात्मक पक्ष हटाउन नसकिएको बताए।  

अन्तरक्रियामा बौल्दै मुख्य सचिव शंकरदास बैरागीले कर्मचारीको कार्यशैली र आचरणद्धारा निजामति सेवाभित्रको नकारात्मक धारणा परिवर्तन हुनुपर्ने बताए। कर्मचारीतन्त्रप्रतिको नकारात्मक धारणा बदल्नु अहिलेको मुख्य चुनौती रहेको भन्दै मुख्यसचिव बैरागीले निजामती सेवालाई प्रतिस्पर्धी बनाउने कार्यक्रम ल्याउनुपर्ने बताए।

प्रकाशित: २६ चैत्र २०७७ ०४:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App