२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

ओलीले एमालेलाई बुझाए तीन लाख बढी लेबी

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेलाई लेबीबापत तीन लाखभन्दा बढी रकम बुझाएका छन्। बुधबार ओलीले पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् ।

सबैजसो नेताले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान एमालेले बनाएको छ। सोही प्रावधानअनुसार प्रधानमन्त्री ओलीले लाभको पदमा नियुक्त भएवापत लेबी बुझाएका हुन्।  

प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले लेबी बुझाउने नियम बनाएको छ। यस्तै मासिक तीन सय सदस्यता शुल्क पनि लिने गरेको छ।  

सोहीवापत ओलीले एक वर्षको तीन लाख तीनहजार छ सय रकम बुझाएका छन्।  

प्रकाशित: ११ असार २०८२ १८:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App