२५ चैत्र २०८१ सोमबार
image/svg+xml १४:१३ अपराह्न
राजनीति

पार्टीको झण्डा ओडाएर नेता बोहोराकाे अन्तिम श्रद्धाञ्जली

प्रतिनिधिसभाका सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको छ ।

राप्रपाका संस्थापक नेता तथा पूर्वमन्त्री बोहोराको ७६ वर्षको उमेरमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको थियो । रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा निर्वाचित उनी विगत तीन वर्षदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिए।

चाबहिलस्थित पार्टी कार्यालयमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्व बोहराको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएका थिए।

त्यसैगरी नेपाली कांग्रेसका नेताद्वय अर्जुननरसिंह केसी र सुनिल थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता हितराज पाण्डे, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराईलगायत राप्रपाका नेता तथा कार्यकर्ताले स्व बोहोराप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। स्व नेता बोहोराको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।  

प्रकाशित: २० चैत्र २०८१ १६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App