११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका पुरुषको बसको ठक्करबाट निधन

सोमबार बिहान बसले ठक्कर दिँदा उदयपुरका एक पुरुषको मकवानपुरमा निधन भएको छ। बिहान २:३० बजे भएको दुर्घटनामा त्रियुगा नगरपालिका-२ मोथियाहीका ५८ वर्षीय जितबहादुर प्रधानको निधन भएको हो।

बागमती प्र ०१-००६ ख ६७१६ नम्बरको गाडीमा सवार प्रधान शौँच गर्न पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ९ स्थित खरङ भन्ने ठाउँमा सडकमा निस्कँदा विपरीत दिशाबाट आएको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। तत्काल उद्धार गरी उपचारार्थ हेटौँडा अस्पताल लगिएकोमा एक घण्टापछि उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

काठमाडौँमा उपचार गरेर फर्कँदै गरेका बेला दुर्घटना भएको उनका आफन्तले जनाएका छन्।

मृतकको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ। ठक्कर दिने बस ना ८ ख १८०९ नम्बरका गाडीका चालक मोहन थापालाई नियन्त्रणलाई लिएर अनुसन्धान सुरु भएको मकवानपुर प्रहरीलाई उद्धृत गर्दै पारिवारिक स्रोतले जनाएको छ। 

प्रकाशित: २५ चैत्र २०८१ ११:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App