नेकपा (माओवादी केन्द्र) का नेता सुदन किरातीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गरेकामा सरकारलाई 'धन्यवाद' दिएका छन्।
'भ्रष्टाचारीले सदाचारीलाई कारबाही गरेछ । प्रतिगमनको आगोमा सिंहदबारले फेरि घिउ थपेछ।धन्यवाद सरकार तिमी पनि प्रतिगामीसँगै सति जाने भयौ,' किरातीले भनेका छन्।
सरकारले सोमबार (आज) मात्रै घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ।
प्रकाशित: ११ चैत्र २०८१ २१:३२ सोमबार