काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले 'नानीबाबुहरूले के सिक्छन् बाहरू ?' भन्दै रोष पोखेका छन्।
शुक्रबार (हिजो) भएको समाजवादी र राजावादी शक्ति प्रदर्शन र त्यसबाट सृजित विषयप्रति लक्षित हुँदै मध्यराति बालेनले फेसबूकमा लेखेका छन्- नानीबाबुहरूले के सिक्छन् बाहरू ?
हिजो काठमाडौंमा दुईवटा शक्ति प्रदर्शन भए। समाजवादी मोर्चाले भृकुटीमण्डमा शान्तिपूर्ण प्रदर्शन गर्यो भने तीनकुनेमा राजावादीहरूले नियन्त्रण बाहिर गएर शक्ति प्रदर्शन गरे।
त्यहाँ दुई जनाको मृत्युसमेत भयो। अन्य केही गाडी तथा घर जलाइएका छन् भने निजी पसलहरू पनि लुटिए।
बिहीबार मात्रै महानगरले काठमाडौंमा प्रदर्शन र सभा-सम्मेलन नराख्न भनेको थियो। तर, त्यसका बाबजुद प्रदर्शन गरेर आगजानी हुँदा बालेनले यस्तो लेखेका हुन्।
प्रकाशित: १६ चैत्र २०८१ ०६:४६ शनिबार