१६ चैत्र २०८१ शनिबार
image/svg+xml १९:४३ अपराह्न
राजनीति

'ओली, देउवा र प्रचण्डले एकसाथ राजनीतिबाट सन्न्यास नलिए देशमा जे पनि हुन सक्छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बित महामन्त्री डा. मुकुल ढकालले केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास नलिए देशमा जे पनि हुन सक्ने टिप्पणी गरेका छन्।

सोमबार (आज) साँझ ढकालले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्- अन्यथा, देशमा जे पनि हुन सक्छ।

अगाडि उनी लेख्छन्- ओली, देउवा र प्रचण्ड तीनै नेताले एकसाथ सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरे सम्भावित मुठभेड रोकिन सक्छ।

आज यी तीन नेताहरूबीच भेटवार्ता भयो। उनीहरूले सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि सिफारिस समिति बनाउने सहमति गरेका छन्।

प्रकाशित: ११ चैत्र २०८१ १९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App