२० चैत्र २०८१ बुधबार
image/svg+xml ३:३ पूर्वाह्न
राजनीति

हिजो सरकारको तयारी पुगेन, अब ज्ञानेन्द्रलाई छाडा छोड्नु हुँदैन : अध्यक्ष दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारको घटनालाई लिएर सरकारले कडा कदम चाल्नुपर्ने माग गरेका छन्। 

पूर्वराजा ज्ञानेन्द्र शाहको आपराधिक मानसिकता रहेको आरोप लगाउँदै उनले यस्तो बताएका हुन्। शनिबार बिहान नेकपा एसको कार्यालय अनुगमन र समाजवादी मोर्चाको बैठकपछि कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

अध्यक्ष दाहालका अनुसार यो घटनाको पछाडि पूर्वराजा शाह छन्। उनको आपराधिक मानसिकता पहिले पनि देखिएको र अहिले फेरि पुष्टि भएको ठहर गर्दै उनले भने, ‘सरकारले कडा कदम चाल्नुपर्छ।’ दाहालले सरकार र प्रहरीको तयारी कमजोर देखिएको पनि बताएका छन्। 

‘पहिलो कुरा त सरकार र प्रहरीको राम्रो तयारी देखिएन्। यहाँ आक्रमण भयो भनेर जानकारी गराएपछि पनि झण्डै ४०–४५ मिनेटसम्म सुरक्षाकर्मी नदेखिनु बडो विडम्बना भन्नुपर्ने हुन्छ।’ 

उनले थपे, ‘राजधानीको मुटुमा यस्तो तोडफोड विवेकहीन आपराधिक घटना घटना हुँदा सुरक्षा निकाय समयमै आउन नसक्नुलाई गम्भीर रुपमा सरकारले समीक्षा गरोस् र आउने दिनका लागि पूर्ण तयारीमा जाओस्।’ अपराधीलाई छानबिन गरी कारबाही गर्न माग गर्दै अध्यक्ष दाहालले भने, ‘ज्ञानेन्द्र शाहलाई पनि छाडा हुने छुट दिन सकिँदैन,’ उनले भने।

प्रकाशित: १६ चैत्र २०८१ ११:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App