२० चैत्र २०८१ बुधबार
image/svg+xml ७:२७ पूर्वाह्न
राजनीति

ज्ञानेन्द्रलाई जरिवाना तिराउन महानगरलेपत्र काटेपछि रिमालले भने : यही हो गणतन्त्र

नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउन पत्र काट्ने काम गणतन्त्रमा मात्र सम्भव रहेको बताएका छन्। 

शनिबार सामाजिक सञ्जालमा लेख्दै रिमालले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको तारिफ गर्दै यस्तो बताएका हुन्। उनले पूर्वराजा ज्ञानेन्द्रलाई जरिवानाको पत्र काटेको प्रसंगलाई लिएर यस्तो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र भएको जिकिर गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका उनले लेखेका छन्, 'गणतन्त्रमा मात्र यस्तो सम्भव छ! महोत्तरीको एउटा सामान्य गाउँले परिवारका बालेन्द्र साहले काठमाडौँका सम्भ्रान्त परिवारका सयौं वर्ष अधिनायकी शासन सञ्चालन गर्ने शासक ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र काटे छन्। यो शक्ति दिन सक्ने व्यवस्थाको नाम गणतन्त्र हो।'

महानगरले तिनकुने घटनामा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गर्दै जरिवाना तिराउन शनिबार पत्र पठाएको छ। महानगरले विभिन्न आठ शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने पत्रमा भनेको छ।  

प्रकाशित: १६ चैत्र २०८१ १९:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App