२० चैत्र २०८१ बुधबार
image/svg+xml ४:५४ पूर्वाह्न
राजनीति

आजको आन्दोलनमा सरकारले एक युवाको हत्या गरेको छ : दुर्गा प्रसाईं

राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका जनकमान्डर दुर्गा प्रसाईंले नेपाल सरकारले एक जनाको हत्या गरेको आरोप लगाएका छन्।

'आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको छ। दिवंगत बन्नुभएका सबिन महर्जनप्रति हार्दिक श्रद्दासुमन,' प्रसाईंले साँझ सामाजिक सञ्जाल फेसबूकमा लेखका छन्।

उनले थप भनेका छन्, 'जुन अप्रिय अवस्था बन्यो, त्यो सबै सरकारको दमनको कारण भएको हो। त्यसको क्षतिपुर्ति सरकारले बेहोर्नु पर्नेछ। अन्त्यमा मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन। जहाँ बोलाउँछौँ, त्यही आउँछु। अब म थुनिएर आन्दोलन रोकिँदैन, किनकि दुर्गा अब व्यक्ति हैन, विचार हो, अभियान हो।'

आज काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको मृत्यु भएको थियो।

प्रकाशित: १५ चैत्र २०८१ १९:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App