काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई गणेशमान सिंहको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन्।
'मलाई हराउने नाममा आफ्नो सहर, क्षेत्र र देशचाहिँ नहराउनु होला। यत्रो गणेशमान सिंह, पीएल सिंह र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला,' बालेनले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।
त्यसअघि उनले अव्यवस्थित बस्ती हटाउनेलगायतका कुरा सधैँ कुरामा मात्रै सीमित रहेको गुनासो गरेका छन्। 'माननीय सहरी विकासमन्त्री प्रकाशमान सिंहज्यू, अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैँ कुरामै रह्यो। कहिले गर्ने हो ?,' उनले लेखेका छन्।
यसअघि मन्त्री सिंहले बालेनले स्टाटसमा उल्लेख गरेका विषयहरूका बारेमा व्यवस्थित ढङ्गबाट काम गर्ने बताएका थिए।
प्रकाशित: १० चैत्र २०८१ १८:३४ आइतबार