१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml २३:२१ अपराह्न
राजनीति

काठमाडाैँ जिल्ला अदालतकाे आदेशविरुद्ध पाटन उच्च अदालत जाँदै रवि

फाइल तस्बिर

रास्वपा सभापति रवि लामिछाने आज पाटन उच्च अदालत जाने भएका छन्।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडाैँ जिल्ला अदालतले गरेकाे आदेशविरुद्ध लामिछाने पुनरावेदन निवेदन दर्ता गर्न शुक्रबार बिहान ११ बजे पाटन उच्च अदालत जाने भएका हुन्।

स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा माघ ३ गते काठमाडाैँ जिल्ला अदालतले ६० लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो। फौजदारी कार्यविधि संहिताको दफा ६८ बमोजिम धरौटी माग गरिएकोमा चित्त नबुझी सो बेरितको आदेश बदर गरी दफा ६९ बमोजिम साधारण तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनि लामिछानेले दफा ७३ बमोजिम उच्च अदालतमा निवेदन दर्ता गराउन लागेका हुन्।

प्रकाशित: ८ चैत्र २०८१ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App