१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १३:२६ अपराह्न
राजनीति

रवीन्द्र र धवलशमशेर पक्राउ

राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पक्राउ परेका छन्।

उनीहरूलाई प्रहरीले शुक्रबार (आज) साँझ काठमाडौंबाट पक्राउ गरेको हो।

उनीहरू राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य पनि हुन्।

उनीहरू आज काठमाडौंको तीनकुनेमा भड्किएको राजावादी आन्दोलनका योजनाकर्ता थिए।

आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको छ भने सरकारी तथा निजी गाडी र घरहरूमा आगजागी भएको छ।

यसको छानबिन सरकारले गर्ने निर्णय गरेको छ।

प्रकाशित: १५ चैत्र २०८१ २३:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App