११ वैशाख २०८२ बिहीबार
image/svg+xml २१:२३ अपराह्न
राजनीति

एमाले मोरङ अधिवेशन : अजम्बर राईको अग्रता कायमै

नेकपा एमाले मोरङको १० औं अधिवेशन अन्तर्गत भएको निर्वाचनमा इतर पक्ष तर्फका अध्यक्षका उम्मेदवार अजम्बर राईले अग्रता कायम गरेका छन् ।  

६ सय ८० मत गन्दा राईले ३ सय ३२ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका राजकुमार ओझाले ३ सय २१  मत प्राप्त गरेका छन्  ।  

यस्तै उपाध्यक्षमा पनि इतर पक्षका सागर थापाले ३ सय २०  मत पाएका छन् भने संस्थापन पक्षकी शान्ति लिम्बुले ३ सय ५  मत प्राप्त गरेकी छिन् । सचिवमा  इतर पक्षका सोमराज थापाले ३ सय ४७  मत प्राप्त गर्दा संस्थापन पक्षका रविन थापाले २ सय ८६  मत प्राप्त गरेका छन् ।  

उप–सचिवमा सन्तोष वान्तावाले ३ सय ७० मत प्राप्त गर्दा इजालाल राजवंशीले २ सय ४६ मत प्राप्त गरेका छन् । यस्तै उपसचिवमा इतर पक्षकी उषा झाले ३ सय ८ मत प्राप्त गर्दा संस्थापन पक्षकी शिल्पा निराला कार्कीले ३ सय २३  मत प्राप्त गरेकी छिन् । 

सहमतिको प्रयास सफल नभएपछि निर्वाचन प्रक्रिया मार्फत पदाधिकारी चयन थालिएको थियो । जसमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकटका अजम्बर राई र प्रधानमन्त्री केपी शर्मा ओली निकटका राजकुमार ओझाको नेतृत्वमा प्यानलै बनाएर उम्मेदवारहरू  प्रतिश्पर्धामा उत्रिएका थिए । 

मतदानमा ८ सय ८८ मत खसेको छ । ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित रहेका थिए । एमाले मोरङको नयाँ जिल्ला कमिटी ५ पदाधिकारीसहित १ सय ६५ सदस्यीय हुने छ । तीमध्ये ७१ जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रकाशित: २३ फाल्गुन २०८१ १६:५६ शुक्रबार

खुशी 75 %
दुखी 0 %
अचम्मित 25 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App