१ वैशाख २०८२ सोमबार
image/svg+xml ११:३० पूर्वाह्न
राजनीति

जसपा नेपालले भूमि अध्यादेश फिर्ता नभए अरु अध्यादेशमा पनि सहयोग नगर्ने

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमि अध्यादेश फिर्ता नभए अरु अध्यादेशमा पनि सहयोग नगर्ने भएको छ।

आजबाट सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले भूमि सम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि समर्थन नगर्ने अडान लिने बताएका छन्।

‘संसदबाट भूमि सम्बन्धी अध्यादेश फिर्ता नगरुञ्जेलसम्म बाँकी पाँच वटा अध्यादेशहरुलाई पनि सहयोग र समर्थन नगर्ने चट्टानी अडानको कारण अहिलेसम्म सरकारे सदनमा अध्यादेश प्रस्तुत गर्न सकेको छैन’, यादवको प्रतिवेदनमा उल्लेख छ ।

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको रहेको, तराईरमधेशको वन जंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्यका साथ ल्याइएको उनको प्रतिवेदनमा उल्लेख छ।  

प्रकाशित: १८ फाल्गुन २०८१ १५:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App