३ वैशाख २०८२ बुधबार
image/svg+xml १३:४२ अपराह्न
राजनीति

तीनै तहका सरकार अधिकार सम्पन्न बनाउँदैछौँ: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीयताको मूल भावना अनुसार सङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार तत्पर रहेको बताएका छन्। शनिवार बुटवल उपमहानगरपालिकाको ६६ओैँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। 

‘सङ्घीयता बलियो बनाउन र संविधान कार्यान्वयनका लागि आवश्यक संशोधन र ऐन बनाउनका लागि नै अहिले संसद्का दुई ठुला दल मिलेका छौँ,’ उनले भने।  राजनीतिक स्थिरताको जनचाहना पूरा गर्न समयको आवश्यकता अनुसार संसद्का दुई ठुला दल मिलेर सरकार बनेको पनि उनले बताए। ‘कुर्सीमा जानका लागि मात्र अहिलेको सरकार बनेको होइन,’ उनले भने, ‘सङ्घीयताको मूल भावना अनुसार तीनै तहको सरकारलाई पूर्ण अधिकार सम्पन्न बनाउन सरकार लागिरहेको छ । राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि सरकार लागेको छ ।’ 

बुटवल पहिलेबाटै आर्थिक गतिविधिको केन्द्रका रूपका रहेको भन्दै धार्मिक पर्यटनका लागि पनि प्रचुर सम्भावना रहेको सिंहले बताए। आर्थिक गतिविधि मात्र होइन बुद्ध जन्मस्थल लुम्बिनी देखि मुक्तिनाथसम्म जोडेर धार्मिक सर्किट बनाउन सकिने सिंहको भनाई थियो ।  

क्राइटएरिया पुगेमा बुटवल उपमहानगरबाट महानगरपालिका बन्न सक्ने सम्भावना रहेको पनि उपप्रधानमन्त्री सिँहले बताए। 

प्रकाशित: ३ फाल्गुन २०८१ १७:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App