१ वैशाख २०८२ सोमबार
image/svg+xml ११:३० पूर्वाह्न
राजनीति

भीम रावलले सके मातृभूमि जागरण अभियान, फर्किए काठमाडौं

नेकपा (एमाले) का पूर्वउपाध्यक्ष डा. भीम रावल अभियान सकेर काठमाडौं फर्किएका छन्।

एमालेले सङ्गठित सदस्यताबाट निष्कासन गरेपछि पुस १७ गते काठमाडौंमा पत्रकार सम्मेलन गरी मातृभूमि जागरण अभियान घोषणा गरेका उनी लगत्तै झापा झरेका थिए।

त्यसपछि सुनसरी हुँदै अछामसम्म पुगेका उनी बिहीबार (आज) काठमाडौं आइपुगेका हुन्।

भावी कार्यक्रम विचार विमर्श गरेर जानकारी दिने उनले बताएका छन्। 'झन्डै एक महिना जिल्ला भ्रमणपछि आज फागुन १ गते काठमाडौं आइयो।आगामी काम विचार विमर्श गरी तय हुनेछ,' उनले भनेका छन्।

रावलले निकट भविष्यमै पार्टी गठन गर्दैछन्। त्यसकै पूर्वतयारीका लागि उनी जिल्ला भ्रमणमा निस्केका थिए। उनले नेपाली कांग्रेस बीपीका उपसभापति कर्ण मल्ललगायतसँग छलफल गरिसकेका छन्।

रावलको पार्टी र नेपाली कांग्रेस बीपीबीच एकता हुने बताइएको छ।

प्रकाशित: १ फाल्गुन २०८१ १८:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App