प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै अगतिला तत्वलाई बोकेर पार नलाग्ने बताएका छन्।
बुधवार नेपाल निजामती कर्मचारी संगठनको १२ औ महाधिवेशन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। उनले अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार रहेको र काँग्रेससँगको समझदारीमा एमालेले काम गरिरहेको बताए।
उनले ‘अगतिला तत्व’लाई बोकेर पार लगाउन नसकिने निस्कर्षपछि नै अहिलेको सरकार निर्माण भएको बताए। उनले महादेवको उदारहण दिँदै महादेवले काँधमा बोकेर विश्व घुम्ता सतीदेवीलाई पार लगाउन नसेको भन्दै माओवादी न सतीदेवी न र सत्यदेवी भन्दै टिप्पणी गरे।
उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रत्यक्षबाट जितेको १८ सिटसहित ३२ सिट पाएको र त्यसलाई नै जादुई छडी सम्झिएको बताए। उनले धम्क्याएर ५ वर्ष नै प्रधानमन्त्री बन्ने भ्रम चिर्दा अहिले बेहाल भएको बताए। समाजवादी मोर्चाप्रति लक्षित गर्दै उनले हात्तीको शिकार गर्न १०/१२ वटा स्याल जम्मा भएर वरपर कुदेको टिप्पाणी गरे।
प्रकाशित: ३० माघ २०८१ १८:०७ बुधबार