१ वैशाख २०८२ सोमबार
image/svg+xml ६:३७ पूर्वाह्न
राजनीति

अध्यादेश 'घाँटीमा अड्केको हड्डी'जस्तै भएको छ: शर्मा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद जनार्दन शर्माले अध्यादेश छिटो संसद्‌मा टेबुल गर्नुपर्ने बताएका छन्। मङ्गलबार (आज) जारी संसद् (प्रतिनिधिसभा) बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। 

'अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ। त्यसलाई निकाल्नुपर्‍यो। हाम्रा कुराहरू छँदैछन्। यहाँ छलफल गरौँला नि। हुन्छ भने हुन्छ भनौँला। हुन्न भने हुन्न भनौँला। तर, ल्याउनुपर्‍यो नि। संसद्‌मा ल्याउनुपर्‍यो,' उनले भने।

यस्तै उनले जनतालाई सरकार बच्यो वा ढल्यो भन्ने सवालमा कुनै चासो नभएको बताए। 'तथ्य जनताले हेरिरहेका छन्। आफूअनुकूल तर्क गर्न सकिएला तर, तथ्य कुराचाहिँ जनतालाई थाहा छ, उनीहरूले हेरिरहेका छन्,' उनले भने, 'सरकार बच्यो, बच्यो वा ढल्यो, ढल्यो भन्ने कुरामा जनतालाई कुनै चासो छैन। जनताले हेरेको कुराचाहिँ आफ्नो जनजीविकाका कुराहरू छन्। संसद्‌मा के भन्छ भनेर होइन, के गर्छ भनेर हेर्छन्।'

प्रकाशित: २९ माघ २०८१ १६:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App