प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सरकारले समावेशितालाई नाश गरेको बताएका छन्। आइतबार (आज) बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्।
'सरकारले समावेशितालाई नास गर्यो। एउटा उखान छ नि- दुईवटा हात्तीले प्यार गर्दा पनि बाली नाश हुन्छ र झगडा गर्दा पनि बाली नाश हुन्छ। यो सरकारले दलित, मधेसी, महिला, आदिवासी-जनजातिहरूको समावेशिता नास गर्यो,' उनले भने।
सरकारसम्बद्ध दुई ठूला दलहरू कांग्रेस र एमालेलाई दुई हात्तीको रूपमा प्रस्तुत गर्दै उनले भने, 'कहीँ, केही गर्नुपर्यो, नियुक्ति वा केही गर्नुपर्यो भने एउटा चिर्कटो झापाबाट र अर्को डडेल्धुराबाट निकालिन्छ। उहाँहरूले त्यहाँको बाहेक अरु ठाउँको बनाउनुहुँदैन भन्ने कसम खानुभएको छ।'
प्रकाशित: २७ माघ २०८१ १५:२६ आइतबार