२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

अर्थमन्त्री भन्छन्: बाजारुँ टिप्पणीको प्रतिक्रिया दिन फुर्सद छैन, अर्थतन्त्र सुधारोन्मुख

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सरकार लक्षित टिप्पणीको प्रतिक्रिया दिन फुर्सद नरहेको बताएका छन् । शनिवार विराटनगर पुगेका बेला सरकारको भविष्यबारे पत्रकारले राखेको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । 

‘यस्तो बाजारुँ, यस्तो आधारहीन, यस्तो सतही प्रसङ्गबारे टिप्पणी गर्न फुर्सद नै छैन,’ अर्थमन्त्री पौडेलले भने, ‘दिनदिनै सरकार फेरिन्छ भन्ने,  त्यो हावादारी टिप्पणीको बारेमा के प्रतिक्रिया दिएर बस्ने ?’ 

सरकार एक दिन जरुर परिवर्तन हुने पनि पौडेलले बताए । उनले भने, ‘सरकार परिवर्तन हुन्छ । कुनै पनि सरकार सधैँ सधैँका लागि बन्दैन । यो सहयात्रा ०८४ सम्मका लागि हो ०८४ मा पुगेर बदलिन्छ ।’

यस्तै अर्थमन्त्री पौडेलले नयाँ सरकार गठन भएपछि मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी समेत गरे । ‘तथ्यांकले हेर्नुभयो भने जति बेला यो सरकार बन्यो, प्रधानमन्त्रीले जति बेला शपथ लिँदै हुनुहुन्थ्यो । त्यति बेलाका परिसूचक र अहिलेका परिसूचक उल्लेखनीय सुधार हुँदै गएको छ’, उनले भने ।  

गत वर्षका परिसूचक र यो वर्षका परिसूचक गहन गरेर हेर्ने हो भने प्रस्ट फरक देखिने पनि उनले दाबी गरे । आर्थिक वर्षको अन्त्यसम्ममा पुँजीगत खर्च पनि उल्लेख्य सुधार हुने उनले बताए । 

प्रकाशित: १२ माघ २०८१ १५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App