१४ माघ २०८१ सोमबार
image/svg+xml
राजनीति

अख्तियारलाई हर्कको जवाफ- एनसेल, वाइडबडीतिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई स्पष्टीकरण सोध्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मौलिक पारामा जवाफी पत्र लेखेका छन्।

शुक्रबार (आज) अख्तियारलाई जवाफी पत्र लेख्दै मेयर साम्पाङले श्रमदान अभियानको खेदो नखन्न भनेका छन्। बरु उनले एनसेल, वाइडबडीतिर लाग्न सुझाव दिएका छन्। 'एनसेल, वाइडबडीजस्ता कुरातिर नलागेर श्रमदान अभियानको खेदो नखन्नु है, नखन्नु तिर्खाएका मानिसहरूको श्राप लाग्ला,' उनले भनेका छन्।

अगाडि उनले भनेका छन्, 'बिहान उठ्ने बित्तिकै टोइलेट जानुपर्छ। टोइलेटमा पानी छैन भने के हुन्छ, त्यो भनिरहन पर्दैन होला। केही छिनपछि भात पकाउनु परो, भात पकाउन पानी चाहिन्छ। भात खाएपछि हातमुख चुट्‌नु परो, त्यसको लागि नि पानी चाहिन्छ। जुठो भाँडा लडाइराख्न मिलेन धुनैपरो त्यसको लागि नि पानी नै चाहिन्छ। फोहोर लुगा लगाएर भूएन, धुनैपरो। लुगा धुन पनि पानी नभइ नहुने। स्वास्थ्य रहनलाई प्रशस्त पानी पिउनुपर्छ र दैनिक नुहाउनुपर्छ भन्छ केही नजान्ने डब्ल्यूएचओ, नुहाउनलाई नि पानी चाहियो। यसो... करेसाबासी र बगैँचातिर पनि पानी चाहिने नै भयो। फेरि सुँगुर, कुखुरालगायतका चौपायालाई पनि पानी नखुवाइ नहुने,' उनले पत्रमा भनेका छन्।

उनले केन्द्र सरकारले कोशीबाट पानी ल्याउने भनेको तर, अहिलेसम्म केही नभएको पनि बताएका छन्। धराने जनतालाई पानी खुवाउन आफू स्वायत्त रहेको उनको जिकिर छ।

मेयर साम्पाङलाई यसअघि गत माघ २ गते अख्तियारले स्पष्टीकरण सोधेको थियो।

यस्तो छ पत्र-

 

प्रकाशित: ११ माघ २०८१ १३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App