२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १८:४२ अपराह्न
राजनीति

शशांक बोकेर देउवा पुगे कोइराला निवास, शेखर चितवन हानिए

नेपाली कांग्रेसको कोसी प्रदेश सम्मेलन यति बेला चर्चामा छ । सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा एक ठाउँमा आएको चर्चा चलिरहँदा १४ औँ महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका डा. शेखर कोइरालामा चर्को असन्तुष्टि देखिएको छ । जुन कोसी प्रदेश सम्मेलनको पूर्व सन्ध्यामा झन् सतहमा देखिएको छ । कोइरालाले केही दिन अघि आफ्नो समूहको छुट्टै भेला नै आयोजना गरेका थिए । 

यसबाहेक शनिवारबाट विराटनगरमा सुरु हुन लागेको प्रदेश सम्मेलनको उद्घाटन समारोहमा आफ्नो वरियतामा तल पारिएको भन्दै शेखर सहभागी नहुने बताइसकेका छन् । 

यसैबीचमा प्रदेश सम्मेलनको उद्घाटन गर्न विराटनगर पुगेका सभापति देउवा शनिवार बिहान कोइरालाको पुर्ख्यौली निवास पुगेका छन् । बिपी कोइरालाका छोरा कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोइरालासहित देउवा कोइराला निवास पुग्दा शेखर भने चितवन हिँडिसकेका थिए । 

कोइराला निवासमा कांग्रेसको राजनीतिमा बिपी, मातृका, गिरिजाप्रसाद कोइरालादेखिको विरासतको घरका रूपमा लिइन्छ । यो घरमा पछिल्लो समय शेखर बस्दै आएका छन् । तर सभापति देउवा पुग्दा उनी आफै भने स्वागतमा सरिक भएनन् । 

प्रकाशित: २२ मंसिर २०८१ १४:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App