भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले विधेयक ल्याएर भूमि सम्बन्धी समस्या समाधान गरिने दाबी गरेका छन् ।
भूमि समस्या समाधानका लागि ल्याइएको अध्यादेश प्रतिनिधि सभामा पास भए पनि राष्ट्रिय सभामा आवश्यक संख्या नपुग्दा पास हुन नसके पछि अब भूमि सम्बन्धी विधेयक ल्याएर समस्याको समाधान गरिने बताए । नापी कार्यालय कपिलवस्तुको आयोजना तथा बुद्धभुमी नगरपालिकाको समन्वयमा बुढ्ढी चोक स्थित सभा हलमा वडा नम्बर ५ र ६ का गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाण पत्र वितरण समारोहमा जग्गाधनीलाई लालपुर्जा वितरण गर्दै उनले सो कुरा बताएका हुन ।
‘राष्ट्रिय« सभामा आवश्यक संख्या नपुग्दा अध्यादेश पास हुन सकेन’ उनले भने, ‘अब भूमि सम्बन्धी विधेयक चाडै ल्याएर भूमि सम्बन्धी सबै समस्या समाधान गछौ’ उनले भने । भूमि सम्बन्धी समस्या समाधान नहुदौ अझै भूमिहीन सुकुम्वासी लागतयका धेरै समस्याहरू अड्किएको बताए । उनले ऐन कानुन ल्याउन ढिलाई हुने भएकाले भूमि सम्बन्धी समस्या समाधान गर्न ल्याइएको अध्यादेश पास नुहुँदा भूमिहीन सुकुम्वासीको समस्या अड्किएको बताए ।
उनले भूमि सम्बन्धी समस्या समाधानको काम तीव्र गतिमा अघि बढेको र ७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोग समिति गठन भई सकेको बताए । उनले गाउँ ब्लक, बालबिटोरी, उखडा, भूमिहीन सम्बन्धी सबै काम अघि बढेको बताए । उनले कपिलवस्तुको तौलिहवा र कृष्णनगर बजारमा रहेको बाल बिटोरी समस्या समाधानका लागि काम अघि बढेको बताए ।
अहिले लोकतान्त्रिक गणतन्त्रलाई तहसनहस बनाउन विभिन्न भ्रम फैलाइएको उनले बताए । उनले गणतन्त्रलाई व्यवस्थित र परिपक्व बनाउन जरुरी रहेको बताए ।
प्रकाशित: २८ चैत्र २०८१ १८:२० बिहीबार





