२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

महाबु गाँउपालिकामा ४० प्रतिशत मत खस्यो

दैलेखको महाबु गाँउ पालिकामा जारी मतदानमा अहिलेसम्म ३ हजार ४४ मत खसेको छ। बिहान ११ बजेसम्म विभिन्न मतदान केन्द्रमा तीन हजार भन्दा बढी मत खसेको हो। 

त्यस्तै दुल्लु नगरपालिकाको १३ नम्बर वडाका लागि भएको मतदानमा अहिलेसम्म ६ सय ६६ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। दैलेखको महाबु गाँउ पालिकाका ६ वटा वडामा गरेर ८ हजार ३ सय ५६ मतदाता छन्।

त्यस्तै जाजरकोटको नलगाड नगर पालिकामा बिहान ११ बजेसम्म ४ हजार ४७ मत खसिसकेको छ । नलगाडमा १६ मतदान स्थल र २४ मतदान केन्द्र  छन् । नगरपालिका भित्र १६ हजार ४ सय ४९ जना मतदाता रहेका छन् ।

प्रकाशित: १६ मंसिर २०८१ ११:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App