२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

सहकारी ठगी प्रकरण: आज पनि लामिछानेसँग बयान लिइँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज पनि बयान लिइँदैछ।

मंगलबार रुपन्देही ल्याइएका लामिछानेसँग बुधबार साढे ८ घण्टा लामो बयान लिइएको थियो। तर, बयान नसकिएकाले आज बिहान १० बजेदेखि फेरि लामिछानेसँग बयान लिइने प्रहरीले जनाएको छ।

मंगलबार र बुधबार गरी १३ घण्टा लामो बयान लिइएको थियो।

गोर्खा मिडिया नेटवर्क मार्फत सुप्रिम सहकारीको रकम अपचलन गरेको सम्बन्धमा जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीमा उनको बयान लिइएको हो।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितसहित अनुसन्धान अधिकृतहरूले लामिछानेको बयान लिएका हुन।

‘उहाँसँगको बयान करिब करिब सकिएको छ, बाँकी भोली (बिहीबार) लिने छौं’ जिल्ला न्यायधिवक्ता पौडेलले भने।

लामिछानेको बयान सम्भवतः आज सकिने उनको भनाइ छ।  

प्रकाशित: २९ कार्तिक २०८१ ०६:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App