७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कोशी प्रदेशका कानुन मन्त्री अधिकारीले बुझाए राजीनामा

कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन्। उनले आजै मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका हुन्। 

राजीनामा बुझाए लगत्तै आयोजित प्रेस सम्मेलनमा उनले नैतिकताको खडेरी भएका बेला आफुले नैतिकताको उच्च प्रदर्शन गरेको दाबी गरे। मन्त्री अधिकारी सरकारसँग अनुमति नलिइ विदेश भ्रमण गएको विषय विवादित भएको थियो।  गत कात्तिक १३ गते उनी कसैलाई जानकारी नगराइ जापान गएका थिए ।

तिहार विदा परेकाले आफ्नो भ्रमणबारे जानकारी गराउन नसकेको उनले दाबी गरे। टोकियो महानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आफु जापान गएको उनले बताए। 

मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने कानुनी व्यवस्था छ। 

त्यस्तै विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा प्रदेश मन्त्रिपरिषद्को निर्णय पठाउनु पर्नेमा उनले मन्त्रिपरिषद्को अनुमति लिएका थिएनन्। उनी नेकपा एमालेको तर्फबाट कोशी प्रदेश सरकारमा थिए। उनी मोरङको क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। 

प्रकाशित: २१ कार्तिक २०८१ १३:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App