ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपको चाँगा भन्ने ठाउँमा शनिबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बूका अनुसार मृतक फक्ताङलुङ–६, इलाडाँडा निवासी २८ वर्षीय भूछिरिङ शेर्पा हुन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी रावलले प्रहरी टोली घटनास्थलतर्फ गएको र विस्तृत विवरण केही समयपछि प्राप्त हुने बताएको छ।
यसअघि, वैशाख ३ गते फक्ताङलुङ–५, तापेथोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते भएका थिए।
प्रकाशित: ६ वैशाख २०८२ १९:४२ शनिबार





