३ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

सुदन गुरुङले दिए छानबिन आयोग समक्ष बयान

जेन-जीका अगुवा एवं हामी नेपालका संयोजक गुरुङले जेन-जी घटना सम्बन्धी गठित छानबिन आयोगसमक्ष आफ्नो बयान दिएका छन्।

आइतबार आयोगमा उपस्थित भई गुरुङले आयोग समक्ष बयान दिएको आयोगका सदस्य एवं पूर्व एआईजी विज्ञानराज शर्माले नागरिक न्युजलाई जानकारी दिए।

बयानका क्रममा सुदनले संस्थाको आर्थिक कारोबारसँग सम्बन्धित सम्पूर्ण विवरण पेस गरेका छन्।

‘हामी नेपाल’ संस्थाको आर्थिक पारदर्शितामाथि प्रश्न उठिरहेका बेला संयोजक गुरुङले संस्थाको हालसम्मको आर्थिक कारोबारका सम्पूर्ण फाइल आयोगलाई बुझाएका हुन्।

उनले आफू र संस्थामाथि लगाइएको आरोपको प्रतिवाद गर्दै सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्न आफैँ अग्रसर भएको बताए।

आयोगमा कागजात बुझाएपछि प्रतिक्रिया दिँदै गुरुङले सत्य कहिल्यै नडराउने बताए। उनले छानबिन प्रक्रियाबाट सत्यतथ्य बाहिर आउनेमा आफू पूर्ण विश्वस्त रहेको जिकिर गरे।

‘हामीमाथि लगाइएको आरोपको सत्यतथ्य प्रमाणसहित स्पष्ट पार्ने प्रक्रियामा स्वयं अगाडि बढेको छु,’ गुरुङले भने, ‘सत्य कहिल्यै डराउँदैन। आरोप होइन, प्रमाण बोल्नुपर्छ र आज मैले प्रमाण प्रस्तुत गरेको छु।’

प्रकाशित: १३ पुस २०८२ १९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App