५ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

भारतको विस्फोटक ब्याटिङ, ६ ओभरमा ५२ रन

आइसीसी पुरुष टि-२० विश्वकप २०२६ अन्तर्गत पाकिस्तानविरुद्धको रोमाञ्चक भिडन्तमा भारतले पावरप्लेमा आक्रामक ब्याटिङ गर्दै सम्मानजनक सुरुवात गरेको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरिरहेको भारतले पहिलो ६ ओभरको समाप्तिमा १ विकेट गुमाएर ५२ रन जोडेको छ।

भारतको सुरुवात सुखद रहेन। पहिलो ओभरको अन्तिम बलमा ओपनर अभिषेक शर्मा कुनै रन नजोडी पभेलियन फर्किएका थिए।

उनलाई पाकिस्तानी बलर सलमान आगाले शाहिन शाह अफ्रिदीको हातबाट क्याच आउट गराएका थिए।

तर, सुरुवाती झट्कालाई चिर्दै अर्का ओपनर इशान किशनले आक्रामक पारी खेलेका छन्। किशनले मात्र २५ बलमा ५ चौका र २ छक्काको मद्दतले अविजित ४२ रन बनाउँदै पाकिस्तानी बलरहरूमाथि दबाब सिर्जना गरेका छन्।

उनलाई तिलक वर्माले १० रन बनाएर साथ दिइरहेका छन्।

प्रकाशित: ३ फाल्गुन २०८२ १९:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App