११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कार्यकक्षमै गएर अध्यक्ष र उपाध्यक्षले भेटे समिति सभापतिहरूलाई

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरेले राष्ट्रिय सभाका समितिहरूको काम कारबाही र व्यवस्थापकीय अवस्थाबारे जानकारी लिएका छन् ।  

समिति सभापतिहरूकै कार्यकक्षमा पुगेर उनीहरुले समितिको बैठक कक्षको अवस्था, व्यवस्थापकीय समस्या, काम गर्दा आइपर्ने अप्ठ्यारा लगायतका विषयमा जानकारी लिएका हुन् ।  

अध्यक्ष दाहाल, उपाध्यक्ष घिमिरे, सचिव डा. सुरेन्द्र अर्याललगायतको टोली विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दाहाल, संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापति सोनाम गेल्जेन शेर्पा र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापति मायाप्रसाद शर्माको कार्यकक्षमा पुगेको थियो।

 सो अवसरमा अध्यक्ष दाहालले समितिका काम कारबाही सञ्चालनमा समस्या आए आफूलाई जानकारी गराउन आग्रह गर्दै समितिलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आफूले पहल गर्ने बताए । 

भेटमा सभापतिहरूले समिति सञ्चालनका क्रममा कतिपय प्राविधिक तथा व्यवस्थापकीय समस्या चुनौतीका रूपमा आउने गरेको जानकारी गराएका थिए । 

प्रकाशित: ११ आश्विन २०८१ १७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App