जारी नवौँ एनभिए च्याम्पियनसिपमा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।
आईतबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको दिनको अन्तिम खेलमा पुलिसले खिल्जी युवा क्लबलाई सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट पुलिसले २५–२१ को नतिजासहित आफ्नो पक्षमा पारेको थियो भने दोस्रो सेटमा २५–१६ को सहज जित निकाल्दै खेललाई आफ्नो नियन्त्रणमा राख्यो ।
तेस्रो सेटमा पनि पुलिसले २५–१६ को स्कोरसहित विजयी हुँदै खेल जित्न सफल भयो । यससँगै नेपाल पुलिस क्लब क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि हेल्प नेपाल क्लबले पनि क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको थियो ।
पुलिसको लगातार जितले टोलीमा आत्मविश्वास बढाएको छ र क्वाटरफाइनलका लागि तयारीलाई थप मजबुत बनाएको छ ।
प्रकाशित: १३ पुस २०८२ १८:१२ आइतबार


-600x400.jpg)


