१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
शिक्षा

हिसानको अध्यक्षमा शर्मा विजयी

उच्च शिक्षा तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान)को नवौं महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन् । शनिबार सम्पन्न महाधिवेशनमा शर्माले १६० मतसहित जित हासिल गरे ।  

उनको प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत ल्याएका थिए । यस अघिको रमेश सिलवालको नेतृत्वको कार्यसमिमितिमा शर्मा वरिष्ठ उपाध्यक्ष र भण्डारी महासचिवमा निर्वाचित भएका थिए ।  

वरिष्ठ उपाध्यक्षमा टंकराज आचार्य र स्वागत श्रेष्ठ विजयी भएका छन् । यसैगरी महासचिवमा रामहरि सिलवाल १४८ मतसहित विजयी भएका छन् ।  

उपाध्यक्षहरुमा आरबी अधिकारी, ऋषि तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्रबहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्रजयन श्रेष्ठ, विष्णु पौडेल, सुमनगोपाल आचार्य र हरिन्द्र लामिछाने चयन भएका छन् । यसैगरी सचिवमा कृष्णप्रसाद पौडेल, जीवन लामागोले, पारस श्रेष्ठ, भवानीप्रसाद पौडेल, यामबहादुर रोक्का, रजोश कार्की र बलराम पन्त विजयी भएका छन् ।  

 

प्रकाशित: १३ पुस २०८२ १८:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App