९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

मिश्रले भनेः हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै सार्वजनिक गर्दिन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले पुष्पकमल दाहालको सचिवालयले मङ्गलवारको भेटपछि आफूले गरेको टिप्पणीमा खण्डन गरेपछि प्रतिक्रिया दिएका छन्।

उनले प्रचण्ड सचिवालयको खण्डनलाई भद्रतापूर्वक विमति राखेको भन्दै आभार व्यक्त गरेका छन्।

उनले आफ्नो सामाजिक सञ्जालमा टिप्पणी गर्दै लेखेका छन्, ‘ठूला नेताहरूसँग भेट्दा यो कुराचाहिँ बाहिर नगरौँ/हामी बीचमा रहोस् भनिएका कुरा म कहिल्यै पनि सार्वजनिक गर्दिन। र हिजोको हाम्रो संवादका हकमा पनि त्यही नै नीति अवलम्बन गरेको छु।

संघीय लोकतान्त्रिक गणतन्त्रका नायक प्रचण्ड नै हुन्। काँग्रेस/एमाले लगायतका दल तथा नागरिक समाज सहायक पात्र हुन्। ती सबै ‘प्रचण्ड पथगामी’ हुन्। ’नेपालको संविधान २०७२’ वास्तवमा ’प्रचण्डको संविधान २०७२’ हो र प्रचण्ड नभएको भए नेपालमा कुनै हालतमा संविधानसभा मार्फत यो संविधान लेखिने थिएन भन्नेमा प्रष्ट छु।

त्यसैले ठूला पार्टीहरूलाई आ–आफ्नो पार्टी कार्यालयमा सबैभन्दा माथि प्रचण्डको फोटो झुण्डाउन सल्लाह पनि दिने गरेको छु।’

उनले दाहालको सचिवालयले गरेको खण्डन पनि सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

प्रकाशित: ९ आश्विन २०८१ ०९:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App