२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

सिंहदरबारमा प्रमुख सचेतकहरुसँग सभामुखको छलफल जारी

सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल जारी छ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक चल्न नदिने चेतावनी दिएपछि सभामुख देवराज घिमिरले प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफल गरेका हुन्।

भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेका थिए।

लगत्तै माओवादी सांसदहरुले विरोध जनाएको र उक्त शब्द असंसदीय भएकाले संसद्को रेकर्डबाट हटाउन माग गरेका थिए। त्यसपछि सभामुखले सचिवालयसँगको छलफलपछि उक्त शब्द हटाउने कि नहटाउने भन्ने विषयमा निर्णय दिने बताए।

सभामुखले २६ गते बसेको प्रतिनिधि सभा बैठकमा हिंसा शब्द रेकर्डबाट नहटाउने बताएका थिए। त्यसपछि माओवादी सांसदहरुले सभामुखको निर्णयविरुद्ध संसद अवरोध गरेका छन्।

प्रकाशित: ३० भाद्र २०८१ १२:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App