६ मंसिर २०८१ बिहीबार
image/svg+xml

दलका प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतक र दफावार छलफलका लागि संसदीय समितिका सभापतिहरूसँग आज छलफल गर्न लागेका छन्।

मेरो भूमिकालाई निष्पक्ष ढंगले नहेर्नु दृष्टिदोष हो: सभामुख घिमिरे

अरु कुराहरु जस्तै देख्नु र गर्नु अथवा देख्नु र भोग्नुमा जे अन्तर हो संसद पनि त्यस्तै हो । देखेको र भोगेकोमा, देख्दा जे देखिन्छ, भोग्दा अलिकति अनुभुति हुने कुराहरुको फरक हुन्छ ।

संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुपर्छः सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन्। उनले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा देखिएका कमीकमजोरी के हुन् भन्ने पनि विश्लेषण गरिनुपर्ने औँल्याएका छन्।

संसद्को चालु अधिवेशन मध्यरातदेखि अन्त्य हुने

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा चालु अधिवेशन सोमबार मध्यरातिदेखि लागु हुनेगरी अन्त्य गरेका हुन् ।

दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै सभामुख

सभामुख देवराज घिमिरेले विभिन्न राजनीतिक दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्न लागेका छन्।

सभामुखले ‘हिंसा’ शब्द अभिलेखबाट हटाउनु नपर्ने भनेपछि...

सभामुखले सो निर्णय सुनाएपछि यसमा असहमति राख्दै माओवादीका सांसदहरुले उठेर संसद् अवरोध गरेका छन्। त्यसपछि एमाले र माओवादी केन्द्रका सांसदहरूबीच भनाभन भएको छ।

चाडपर्वले विविधताभित्रको एकतालाई बलियो बनाउँदै आएको छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कूरीति अन्त्यगरी समतामूलक समाज निर्माण गर्न उत्साह र जाँगर प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरेले प्रमाणित गरे टिआरसी विधेयक

संक्रमणकालीन न्यायसँग सम्बन्धित (टिआरसी) विधेयक सभामुख देवराज घिमिरेले प्रमाणित गरेका छन्।

गाईजात्राले विकृति र विसङ्गति उजागर गर्ने पर्वः सभामुख

सभामुख देवराज घिमिरेले गाईजात्रा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गर्ने पर्व भएको उल्लेख गरेका छन्।

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

त्यस्तै आजको बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपक बहादुर सिंहले पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८० पेस गर्नेछन्।

प्रतिनिधि सभा बैठकको समय सर्‍यो

साउन २० गते सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएपछि सोही दिनका लागि बोलाइएको बैठक एक दिनपछि बस्ने गरी सरेको हो।

समिति सभापतिलाई सभामुखले भने: संसद्‍लाई बिजनेस दिने वातावरण तयार गर्नुस्

सभामुख देवराज घिमिरेले संसदीय समितिका सभापतिहरुलाई संसद्‍मा बिजनेस दिने वातावरण तयार गर्न आग्रह गरेका छन्।

संसद बिजनेसविहीन भएपछि सभामुखले बढाए सक्रियता

सभामुख घिमिरेले बुधबार नै विचाराधीन रहेका विभिन्न विधेयकमाथि समितिका सभापतिसँग छलफल गर्न लागेको संसद सचिवालयले जनाएको छ।

संसद बैठक बस्दै

आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्