४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हवाई दुर्घटनापछि छानबिन समितिले दिएको प्रतिवेदनमा पनि समीक्षा गर्नुपर्ने छ: मन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले हवाई दुर्घटना पछि बनेका छानबिन समितिहरूले दिएका प्रतिवेदन तथ्य परक छन या छैनन् भन्ने विषयमा समीक्षा गर्ने बेला आएको बताएका छन्।

बिहीबार वायु सेवा सञ्चालक सेवा संघ नेपालद्वारा आयोजित हवाई सुरक्षा सम्बन्धी दुई दिने कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन्। उनले नेपालको हवाई दुर्घटना पछि छानबिन गर्न  बनेका समिति कत्तिको सत्य र तथ्यमा आधारित छन रु त्यसबारे समीक्षा गर्नु पर्ने बेला आएको बताए।

मन्त्री पाण्डेले भने, छानबिन समिति बन्ने गरेका छन। बनेका छानबिन समिति कत्तिको सत्य,तथ्यमा आधारित छन् त्यसको समीक्षा गर्ने बेला भएको छ। उनले अगाडि भने, यदि दिएका प्रतिवेदन तथ्य परक थिए भने त्यसको कार्यान्वयन किन हुन सकिरहेको छैन  उहाँले त्यसबारे सोच्नु पर्ने बेला आएको छ।

उनले आन्तरिक हवाई यात्रुहरूमा समेत उड्डयन क्षेत्र प्रतिको विश्वासमा क्षयीकरण भएको बताए। मन्त्री पाण्डेले यसबारेमा सरोकारवाला निकायहरू गम्भीर र सचेत बन्नु पर्नेमा जोड दिए। 

प्रकाशित: १३ भाद्र २०८१ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App