३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

कुलमान घिसिङलाई कारबाही गर्नुहुँदैन: सांसद केसी

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाही गर्नु नहुने बताएका छन् ।

बुधवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद केसीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बक्यौता रकम उठाउनुपर्छ भनेको आधारमा कारबाही गर्नु नहुने बताएका हुन  ।

उनले सार्वजनिक लेखा समितिले कसैलाई कारबाही गर्ने/नगर्ने भन्दा पनि सम्पूर्ण बक्यौता रकम उठाउन निर्देशन दिनुपर्ने बताए। उनले घिसिङलाई कारबाही गर्दा राम्रो सन्देश नजाने बताए ।

सार्वजनिक लेखा समितिको सदस्य समेत रहेका सांसद केसीले घिसिङलाई कारबाही गर्ने समितिको निर्णय भएमा आफूले नोट अफ डिसेन्ट लेख्ने पनि बताए । 

प्रकाशित: १२ भाद्र २०८१ १६:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App