२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनताले रगत बगाएर ल्याएको लोकतन्त्र हो: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताहरूले रगत बगाएर लोकतन्त्र ल्याएको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर समसामयिक विषयलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।

उनले भने, 'हामी कठिन बाटो हिँडेर कठिन संघर्ष गरेर यो प्रणाली स्थापित गरेका हौँ। धेरै जनताको रगत बगेको छ। एक दुई जनाको होइन्। मानिसको आयुका आयु गएको छ। म यहाँ स्मरण गर्न चाहन्छु कोही नेता निर्वासनमै बस्न पर्‍यो निर्वासनमै मर्न पर्‍यो। शव समेत आफ्नो देशमा ल्याउन दिइएन । देशभक्तहरूलाई । त्यो दिन हामीले व्यहाेरेका छौँ। निर्वाचित प्रधानमन्त्री कारण जेल गएर बसेका दिनहरू हामीले याद गरेका छौँ।'

प्रकाशित: ३० श्रावण २०८१ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App