४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

हवाई सुरक्षाबारे काम गर्ने भन्दै पर्यटन मन्त्रीद्वारा आफ्ना सबै कार्यक्रम स्थगित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले आफ्ना सबै कार्यक्रम एक साताका लागि स्थगित गरेका छन्।

१५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले अबको केही समय हवाई सुरक्षाको विषयलाई उच्चतम प्राथमिकतामा राख्दै तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गर्ने सोचसहित उनले आफ्ना सबै कार्यक्रमहरू एक साताका लागि स्थगित गरेका हुन्।

बुधवार नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटना हुँदा एक नेपालीसहित पाँचजनाको मृत्यु भएपछि मन्त्री पाण्डेले एकसाताका लागि पूर्व निर्धारित सबै औपचारिक कार्यक्रमहरूलाई स्थगित गरेका हुन। साथै जरुरी बाहेकका भेटघाटलाई बन्द गरी हवाई सुरक्षाका विषयमा केन्द्रीत गर्दै आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायहरूलाई परिचालन गर्ने उनको भनाइ छ।

यसअघि गत साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको विमान उडेको २० सेकेन्डमै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।

मन्त्रीको सचिवालयका तर्फबाट प्रेस नोट जारी गर्दै हेलिकप्टर दुर्घटनाको उद्धारमा अस्वभाविक ढिलाइ भएको भन्ने सम्बन्धमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नागरिक उड्डयन प्राधिकरण (क्यान) लगायतका सम्बन्धित पदाधिकारीहरूसँग जानकारी लिएको जानकारी दिए।

प्रकाशित: २४ श्रावण २०८१ ०९:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App