२ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

स्वर्णिमलाई एमाले नेताको प्रश्नः बङ्गलादेशमा ‘मुनरो डक्ट्रिन’कै प्रयोग थियो होइन र ?

बङ्गलादेशको प्रसङ्गलाई लिएर नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णिम वाग्ले लक्षित टिप्पणी गरेका छन्।

वाग्लेको विवादास्पद ‘मुनरो डक्ट्रिन’बारेको अभिव्यक्तिलाई जोड्दै रिजालले एक्स९ट्विटर०मार्फत कटाक्ष गरेर प्रश्न सोधेका छन्। 

‘हाम्रा मुनरो डक्ट्रिनवाला साथीहरू के भन्छन्, कुन्नि ?,’ रिजालले लेखेका छन्,‘बङ्गलादेशमा त १५ वर्षदेखि मुनरो डक्ट्रिनकै प्रयोग भइरहेको थियो होइन र ?’ 

कुनै पनि देशले अर्को देशसँग सम्बन्ध राख्ने उल्लेख गर्दै रिजालले ‘नेतासँग होइन’ भनेका छन्। ‘नेता त आउँछन्, जान्छन्। रहिरहने त देश र जनता हुन्,’ उनले अगाडि लेखेका छन् ।

प्रकाशित: २२ श्रावण २०८१ १२:५१ मंगलबार

#Bishnu Rijal #swarnim wagle