२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

मदन भण्डारीको ७३ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आज ७३ औँ जन्मजयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

मदन भण्डारी फाउन्डेसनले आज उनको जन्मजयन्तीको अवसरमा राष्ट्रिय सभा गृहमा राष्ट्रिय विचार गोष्ठी र मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रम गर्दैछ।

वि.सं. २०४९ माघ १४–२० मा सम्पन्न एमालेको पाँचौँ राष्ट्रिय महाधिवेशनमा जननेता भण्डारीबाट प्रस्तुत र पारित ‘नेपाली क्रान्तिको कार्यक्रम जनताको बहुदलीय जनवाद’ अहिले पनि एमालेको मार्गदर्शक सिद्धान्तका रूपमा रहेको छ।

वि.सं.२००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारीको वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा परी निधन भएको थियो।

जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारी नेपालको राजनीतिक वृत्तमा मार्क्सवादको नवीन प्रयोगकर्ता तथा विचारक रहेका थिए।

प्रकाशित: १४ असार २०८१ ०८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App